जन सरोकार

कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

सुनसरी, धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत तीन जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तीन जना पक्राउ

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत तीन जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.