जन सरोकार

डुबेर चार जनाको मृत्यु

देशका विभिन्न स्थानबाट डुबेर चार जनाको मृत्यु भएको छ । बर्दिया, बारबर्दिया नगरपालिका-१ जोदिपुर बस्ने हरिबिष्णु थारूकी छोरी ८ वर्षीया आस्था थारूको सोही ठाउँस्थित बबई नदीको कुलोमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

बालिका मृत फेला

त्यस्तै धनुषा, लक्ष्मिनिया गाउँपालिका-३ गजरियास्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने संतोष साहकी छोरी ८ वर्षीया अन्जली कुमारी साह र सोही ठाउँस्थित मामा घरमा बस्दै आएकी सर्लाही बागमती नगरपालिका शंकरपुर घर भएका सम्भु यादवकी छोरी ९ वर्षीया चंचला कुमारीको बुधबार दिउँसो मृत्यु भएको छ ।

यस्तै संखुवासभा, भोटखोला गाउँपालिका-२ च्यामताङ घर भई सोही गाउँपालिका-४ स्याक्सिलागोला बजारमा बस्ने नापाङ भोटेको छोरा ४ वर्षीय नामायाङ भोटेको सोही गाउँपालिका-४ स्थित वाङ खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा उक्त खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.