जन सरोकार

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

सर्वोच्च शिखर सगरमाथा सफल आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्वसशस्त्र प्रहरी सङ्घले आज काठमाडौँमा सम्मान गरेको छ । उहाँले यही जेठ ७ गते बिहान १०ः२० बजेको समयमा सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको थियो ।

पौडेल सम्मानित

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पहिलो पटक सङ्गठनका तर्फबाट सगरमाथा आरोही पौडेलले हिमाली भेग तथा ‘हाई अल्टिच्युड’का भू–भागमासमेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीलाई सीमा सुरक्षार्थ थप अभिप्रेरित गर्नुभएको बताउनुभयो ।उहाँले नेपालको सीमा सुरक्षा गर्ने कार्यदेश बोकेको सशस्त्र प्रहरी बल नेपालले उच्च जोखिम एवं जस्तोसुकै परिस्थितिमा पनि हामीले आफूलाई जित्न सक्यौँ भने असम्भव भन्ने केही पनि नहुने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित सम्मान कार्यक्रममा सङ्घका अध्यक्ष एवं अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सगरमाथाको प्रथम सफल आरोहण सशस्त्र प्रहरी बल नेपालको इतिहासका रुपमा स्थापित भएको बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी नेपालको हिमाली भेगमा सीमा सुरक्षा गर्न तथा हाई अल्टिच्युडमा परिचालित हुनसक्ने जनशक्ति उत्पादन गर्न सक्षम रहेको बताउनुभयो । उहाँले सक्षम नेतृत्व र प्रेरणादायी भूमिका निर्वाह गर्नुहुने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सङ्गठनको कुशल नेतृत्वको कारण सशस्त्र प्रहरी बलको तर्फबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल सशस्त्र प्रहरी निरीक्षक पौडेल र सङ्गठन प्रमुखप्रति आभार प्रकट गर्नुभएकोे थियो । कार्यक्रममा आरोही पौडेलले नेपाल र सङ्गठनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएकोमा गर्व महसुस गर्दै कार्यक्षेत्रमा सदैव सङ्गठनको हितमा समर्पित रही परिचालित हुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.