राजनीति

एमाले एकता कायम भए विपक्षी गठबन्धन अलपत्र

संसद विघटनबिरुद्धको अदालतले बदर गरे पनि बहुमत जुटाउन असफल

नेकपा एमालेको एकता सम्भावना बढ्दै गएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी गठबन्धनका नेताहरुसंग छलफलमा जुट्नुभएको छ । एमालेको एकता कायम भए संसद पुनःस्थापना नै भए पनि एमाले र जसपाको एक समूहको नेतृत्वमा बहुमतको सरकार बन्ने भएकाले प्रचण्डमा नयाँ छटपटी सुरु भएको छ ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसंगको एकता अघिकै अवस्थाबाट पार्टी संचालन गर्ने र कारबाही सबै फुकुवा गरेको भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव गरेपछि सोमबार अध्यक्ष प्रचण्डले एमाले नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको हो ।

मबार विहान सवा ११ बजे माधवकुमार नेपाललाई उहाँकै निवास कोटेश्वरमा भेट गनुृभएका प्रचण्डले त्यसलगत्तै देउवालाई भेट्न बुढानीलकण्ठ जानुभएको थियो । नेपालसंग प्रचण्डले करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको अधयक्ष प्रचण्ड निकाट स्रोतको भनाइ छ ।

नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल गरेको बताइन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.