क्रिकेटखेल

टी-२० विश्वकप : पाकिस्तानमाथि अमेरिकाको सुपर ओभरमा ऐतिहासिक जित

टी-२० विश्वकप क्रिकेटमा अमेरिकाले पाकिस्तानमाथि जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानमाथि अमेरिकाले सुपर ओभरमा ऐतिहासिक जित हासिल गरेको हो ।

पाकिस्तानमाथि अमेरिकाको सुपर ओभरमा ऐतिहासिक जित

अमेरिकाको डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ४४ रन बनाए सादब खानले ४० रन जोडे । त्यस्तै सहिन साहा अफ्रिदी २३ रनमा अविजित रहँदा इफ्तिखर अहमेदले १८ रन बनाए । अमेरिकाका लागि नोस्थुस केन्जिङ्गेले ३ विकेट लिए भने सौरभ नेत्रभल्करले २ विकेट लिए ।

पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य लिएर मैदान उत्रिएको अमेरिकाले पनि निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५९ रनमात्र बनायो । अमेरिकाका लागि कप्तान मोनान्क पटेलले ५० रनको अर्धशतकीय पारी खेले भने एरोन जोन्सनले ३६ रन बनाए । यस्तै आन्द्रेस गौउसले ३५ रन जोड्दा नितिश कुमार १४ रनमा अविजित रहे भने स्टेभन टेलरले १२ रन बनाए । पाकिस्तानको लागि मोहम्मद अमिर, नसीम शाह र ह्यारिस रौफले समान १-१ विकेट लिए ।

अमेरिकाले पनि १ सय ५९ रननै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । अमेरिकाले सुपर ओभरमा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । १९ रन पछ्याएको पाकिस्तान केवल १३ रनमा बनायो । अमेरिकाले सुपर ओभरमा जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित सुपर आठको सम्भावना बलियो बनाएको छ । समूह ‘ए’ मा रहेको अमेरिकाले आफ्नो पहिलो खलमा क्यानडालाई ७ विकेटले पराजित गरेको थियो । जितसँगै अमेरिका २ खेलमा ४ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.