क्रिकेटखेल

टी-२० विश्वकप : स्कटल्याण्डद्वारा नामिबिया ५ विकेटले पराजित

आइसिसी टी-२० विश्वकप क्रिकेटमा अन्तर्गत समूह ‘बी’को खेलमा स्कटल्याण्ड विजयी भएको छ । आइतबार बिहान भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डद्वारा नामिबिया ५ विकेटले पराजित

ब्राइटनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । नाम्बियाका लागि कप्तान गेर्हार्ड एरासमसले ५२ रनको अर्धशतकीय पारी खेले भने जनी ग्रिनले २८ रन बनाए । त्यस्तै, निकोलस डेभिनले २० रन जोड्दा डेभिड वाइसले १४, जन फ्र्यालिंकले १२ र जेजे स्मिथले ११ रन बनाए ।

स्कटल्याण्डका लागि बार्ड ह्विलले ३ विकेट लिए भने ब्राड करीले २ विकेट लिँदा क्रिस सोली, क्रिस ग्राभेस र माइकल लिस्कको भागमा समान १-१ विकेट रह्यो । नामिबियाले दिएको १ सय ५६ रनको लक्ष्य लिएर मैदान उत्रिएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे । स्कटल्याण्डका लागि कप्तान रिचि बेरिङ्गटनले ४७ रन बनाए भने माइकल लिस्कले ३५ रन जोडे । यस्तै माइकल जोनेसले २६ रन जोड्दा ब्रान्डन म्याकमुलमले १९ रन बनाए ।

नामिबियाका लागि जेरहार्ड एरासमसले २ विकेट लिए भने रुवेन ट्रम्पलम्यान, तनगेनी लुंगमेनी, बर्नाड स्कल्जको भागमा समान १-१ विकेट रह्यो । यसअघि भएको पहिलो खेलमा नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गरेको थियो भने स्कटल्याण्ड र इंग्ल्यान्डबीचको पहिलो खेल खेल वर्षाले प्रभावित भएपछि दुवै टोलीले समान १-१ अंक बाँडेका थिए । जितसँगै स्कटल्याण्ड २ खेलमा ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ भने अस्ट्रेलिया २ अंकका साथ दोस्रो र नामिबिया २ अंककै साथ तेस्रो स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.