राजनीति

एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेल

गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको शुक्रबार अवलोकनपछि रासससँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धनमा सामेल भएको उल्लेख गर्नुभयो । “यसअघिको सत्ता गठबन्धनले देशको हित गर्दैन भन्ने हाम्रो बुझाइ थियो । अहिलेको गठबन्धन निरन्तरता आवश्यक छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्याप्त छलफल हुन नसकेको सवाल उठे पनि एमाले बजेटलाई समर्थन र कार्यान्वयन गरेर जाने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे नेपालको संविधान, पार्टीको विधान, अन्तर्राष्ट्रिय अभ्यास, सम्बन्धित पार्टीका आम कार्यकर्ताको बुझाइ तथा सम्बन्धित व्यक्तिको रुची के छ भन्ने आधारमा हेर्नुपर्ने बताउनुभयो । संविधान र पार्टीको विधानले उहाँलाई राजनीतिक गतिविधिमा लाग्न बाटो नछेकेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यो पूर्वराष्ट्रपति भण्डारीको निर्णय र इच्छामा भर पर्ने कुरा हो भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.