समाचार

संक्रमणदर घट्दै- निको हुने बढ्दै, मृत्युदर यथावत

थप १ सय ८ जनाको मृत्यु- कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८

नेपालमा २४ घण्टामा ५ हजार १ सय ४३ जना संक्रमित थपिएका छन् । यसै अवधिमा ६ हजार ५ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा मंगलबार गरिएको १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८७० जना र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.