जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्युठान, ऐरावती गाउँपालिका-४ छापस्थित सडकमा लु.४ त ९२९४ नम्बरको ट्याक्टरबाट खसेर सहचालक सोही नगरपालिका-७ पुण्यखोला बस्ने २० वर्षीय सन्तोष नेपालीको बिहीबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचाको लागि बुटवल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । त्यस्तै काठमाडौं महानगरपालिका-२६ कपुरधारास्थित सडकमा बागमती प्रदेश ०२-०३४
प ३९३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने भारत विहार घर भएका ४४ वर्षीय अबय कुमारको गएराति मृत्यु भएको छ । बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको ग्रिन सिटी अस्पताल बसुन्धारा हुँदै बाँसबारी न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै लमजुङ, मर्स्याङदी गाउँपालिका-६ नाईचेमा पीआरए-३-०१-००३-केए ६४५९ नम्बरको लोडर सडकबाट करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बस्ने ४३ वर्षीय गोपाल तामाङको मृत्यु भएको छ । दुर्घ टनामा गम्भीर घाइते भएका उनको काठमाडौं ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता कपिलवस्तु, कृष्णनगर नगरपालिका-९ माडागाँउस्थित सडकमा सुरई खोलाबाट माडागाउँतर्फ जाँदै गरेको लु.२ त ५८२९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय रक्षाराम पालको शुक्रबार बिहान मृत्यु भएको छ । बिहीबार राति ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको भारतको नौगढस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

यता मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयास्थित सडकमा एएस २५ डीसि ०२१२ नम्बरको ग्यास बुलेट गाडीले ग.७ प २३०४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार कास्की पोखरा उपमहानगरपालिका-११ फुलवारी बस्ने ३३ वर्षीया निर्मला अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिएमसी चुरेहील अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै श्रीमानको सोही अस्पतालमा उपचार भइरहेको छ । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरी, दुहवी नगरपालिका-८ सोनापुर चोकस्थित सडकमा बा.५ ख ४८१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीया नथिया चौधरीको शुक्रबार बिहान मृत्यु भएको छ । बिहीबार दिउँसो बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रमममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी धादिङ, थाक्रे गाउँपालिका-७ आठकिल्लास्थित सडकमा ग.१ ख ९८६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय सुदेश सुनुवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको
साईबाबा सामुदायिक अस्पताल थाक्रेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै तनहुँ, ब्यास नगरपालिका-१ तालघारेस्थित सडकमा हाल अल्फावेट नखुलेको ७८८१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री हाल वतन नाम, थर नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको बिहिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा मे. १ च ३३६६ नम्बरको कारको ठक्करबाट साइकलयात्री पथरीशनिश्चरे नगरपालिका-५ मैनखाडी बस्ने ७० वर्षीय बन्दु चौधरीको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता पाल्पा, रैनादेवी छहरा गाउँपालिका-८ कन्चन खोलास्थित सडकमा बा. २ क ८७६८ नम्बरको लोडर सडकबाट करिब २० मिटर खसेर दुर्घटना हुँदा सहचालक बर्दिया बागडोरी गाउँपालिका-६ बस्ने २७ वर्षीय कमल चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिराचन्द्र हस्पिटल साल्झण्डी हुँदै चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका लोडर चालकको हिराचन्द्र हस्पिटल साल्झण्डी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.