जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । धनुषा, मिथिला नगरपालिका-१० लालगढ बस्ने सुकमान विश्वकर्माको घरमा काम गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ किसाननगर घर भएका ४५ वर्षीय राकेश परियार सोही घरमा मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै झापा, बाह्रदशी गाउँपालिका-१ नयाँबस्ती बस्ने ८० वर्षीय सुरध्वज राई सोही ठाउँस्थित लक्ष्मीस्थान भन्ने जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै सिरहा, लहान नगरपालिका-३ बिहारपुरस्थित सडकको कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता सुर्खेत, सिम्ता गाउँपालिका-६ बाउनटापुस्थित भेरी नदीको किनारमा सोही गाउँपालिका-७ छापना बस्ने ४७ वर्षीय अर्जुन परियार बिहीबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि हराएका उनको खोजतलास गर्ने क्रममा सडिगलेको अवस्थामा शव फेला परेको हो ।

यता काठमाडौं महानगरपालिका-१९ इनाटोलस्थित इन्द्र बिनायक क्लवको पाटीमा सोही महानगरपालिका ह्युमत बस्ने भारत बिहार मयुडीनगर घर भएका ४५ वर्षीय प्रमोद कुमार पोदार बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.