जन सरोकार

भारतद्वारा नवलपरासी (पूर्व)मा विद्यालय भवन निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवन निर्माण भएको छ । रु दुई करोड ७५ लाख आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।

विद्यालय भवन निर्माण

शुक्रबार नेपाली कांग्रेसका नेता एवं सांसद डा शशाङ्क कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा साहिल कुमारले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उहाँहरुले प्राथमिकताका क्षेत्रमा भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालयसहितको विद्यालय भवन निर्माण गरिएको हो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको दूतावासले जनाएको छ । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) मार्फत गरिएको थियो ।

विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुने विश्वास गरिएको छ । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये नवलपरासी (पूर्व) जिल्लाका तीनवटा परियोजनासहित गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.