राजनीति

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको नेता खनालको आरोप

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।

नेता झलनाथ खनाल

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिबारदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताउनुभयो ।

नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य छ भन्नुभयो । “अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

समाजवादले आम नागरीकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उहाँले सङ्घीय शासन व्यवस्थामा तिनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरु ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.