विश्व समाचार

काङ्ग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत

भारतीय राष्ट्रिय काङ्ग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएको काङ्ग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार बताउनुभएको छ ।

तिवारीले एएनआईसँग भन्नुभयो, “सोनिया गान्धीलाई काङ्ग्रेस संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।”

काङ्ग्रेस संसदीय दलको बैठकमा काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले आफ्नो पार्टीको संसदीय दलको अध्यक्षका लागि सोनिया गान्धीको नाम प्रस्ताव गर्नुभएको थियो भने पार्टी नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका थिए ।

कांग्रेस संसदीय दलको बैठक नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा सम्पन्न भएको छ । युनाइटेड प्रोग्रेसिभ अलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गे र महासचिव केसी वेणुगोपाललगायत धेरै प्रमुख काङ्ग्रेस नेताको बैठकमा उपस्थिति थियो ।

काङ्ग्रेस संसदीय दलको बैठकमा कार्ति चिदम्बरम, राजीव शुक्ला, रणदीप सुरजेवाला, अजय माकन, पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी र शशी थरुर पनि सहभागी छन् ।

काङ्ग्रेस कार्यसमितिले पार्टीका सांसद राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेतामा नियुक्त गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट लोकसभा चुनाव जित्नुभएको थियो ।

काङ्ग्रेसलगायतका विपक्षी दलहरूको समूह, भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले देशव्यापी गठबन्धन बनाएर भारतीय जनाता पार्टी (भाजपा) लाई लोकसभामा एकल बहुमत प्राप्त गर्नबाट रोक्न सफल भएका छन् । यद्यपि, भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले २९३ सिट जितेको छ ।

सन् २०२४ को लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ तर यो सङ्ख्या भाजपाको सरकार गठनका लागि एकल बहुमतको लागि संसदमा आवश्यक सदस्य सङ्ख्याभन्दा ३२ सदस्यले कमी हो ।

अर्कोतर्फ काङ्ग्रेसले ९९ सिट जितेर बलियो सुधार गरेको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३० सिट पार गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.