आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नेपाल सामू जितको लागि ३ सय २४ रनको लक्ष्य प्रसुत गरेको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाउदै विकेट गुमाउँदै ३ सय २३ रन बनायो ।
स्कटल्यान्डका लागि रिची बेरिङ्टन १ सय १४ बलमा छ चौका र दुई छक्काको मद्दतमा १ सय २ रनको शतकीय पारी खेले भने माइकल लिस्कले ६१ बलमा १२ चौका र तीन छक्काको सहयोगमा अविजित रहँदै ९४ रन बनाए । त्यस्तै चार्ली टियरले ६५ बलमा ९ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय पारी खेले र एक छक्काको मद्दतले ८२ रनको अर्धशतकीय पारी खेले भने मार्क वाटले अविजित २१ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र करण केसी ले समान दुई-दुई विकेट लिए भने ललित नारायण राजवंशीको भागमा एक विकेट रह्यो । को भागमा एक विकेट रह्यो ।
त्रिकोणात्मक एक दिवसीय जारी शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ । जारी शृंखलामा नेपालले स्कटल्याण्डसँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डाथि एक विकेटको रोमाञ्चकजित निकालेको भने भने दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल जितकै लय निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
नेपाल आज स्कटल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गर्ने योजनाका साथ मैदान उत्रदै छ भने यता स्कटल्याण्ड पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ । हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ९ खेलमध्ये ५ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा एक नतिजाविहीन छ ।
स्कटल्याण्ड ११ खेलबाट २२ अङ्क बनाएर चौथों स्थानमा रहँदा १४ खेल खेलेको नेपाल १० अङ्कका साथ तालिकाको सातौं स्थानमा रहेको छ । आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्रसिह ऐरी, भीम सार्की, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप लामिछाने, गुल्शन झा, सोमपाल कामी, करण केसी र ललित्नारायण राजवंशी रहेका छन् ।
नेपालले स्कटल्याण्ड आउनुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेल्दै अपराजित रहेको थियो भने स्कटल्याण्ड आएर ए टोलीसँग पनि अभ्यास खेलेको थियो । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।
लिग-२ अन्तर्गत आज तेस्रो खेल खेल्न लागेको नेपालले जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यस्तै नेपालले लिग-२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ ।





प्रतिक्रिया राख्नुहोस्