राजनीति

सरकार कोरोना रोकथाममा पूर्णतः असफल, देशभर सरकारी अकर्मण्यताबिरुद्ध उत्रन निर्देशन

सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्न चालेका प्रयास असफल भएको र सरकारी अकर्मण्यता देखिएको निष्कर्ष प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले निकालेको छ ।

बैठकले पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर काँग्रेसले गरेको छ ।

सोमबार बसेको पार्टी बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै कोरोना रोकथाम र नियन्त्रणमा सरकारको देखाएको अकर्मण्यताका विरुद्ध उत्रिन पार्टीका सबै पंक्तिलाई निर्देशन दिएको छ ।

बैठकले आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा चित्रण गरेको छ ।

कांग्रेसले सरकारी अकर्मण्यताबिरुद्ध केन्द्रदेखि सबै जिल्ला कार्यासमितिले पनि सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । त्यस्तै सरकारको कमजोरी औल्याउँदै आगामी पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।

पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउने छ । बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै वरिष्ठ नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । यस्तै प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.