राजनीति

‘लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारवाही हुँदैन ?’

मधेशवादी दलका एक सांसदले लिपलेक नेपालको हैन भनेर प्रतिनिधिसभामा हिन्दी भाषामा बोलेको विषयमा राष्ट्रियसभाको मंगलबारको बैठकमा त्यस्ता सांसदलाई किन कारबाही हुँदैन भन्दै प्रश्न उठाइएको छ । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नन्दा चपाईले सो प्रश्न गर्नुभएको हो ।

सांसद चपाईँले भन्नुभयो, “नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ, यो जान्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारवाही किन हुँदैन, त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारवाही हुनुपर्छ ।”

त्यस्तै बैडकमा नेकपाकी दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“ सुत्केरीलाई भएमा बढीमा एक वर्ष र घटीमा ६ महिनासम्म राम्रो खाना, बस्न र आरामको आवश्यकता पर्छ तर बन्दाबन्दीले गरीबलाई ग्रसित बनाएको छ, त्यसमाथि सुत्केरीलाई अझै ग्रसित बनाएको छ, उनीहरुलाई कम्तीमा समयमै उपचारको व्यवस्था गरियोस् ।”

सोही पार्टीकी नैनकला ओझाले नेपाल जस्तो कृषिप्रधान देशमा कृषकले उत्पादन गरेको फलफूल र तरकारीको उचित बजारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.