राजनीति

संवैधानिक इजलाशमा तोकियो पेशी

दुई न्यायाधीशमाथि सरकारी पक्षको प्रश्नपछि आफ्नो राय दिने तयारी

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई गर्न दोस्रोपटक गठन गरिएको संवैधानिक इजलाशमा रहेका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि बुधबार पेशी तोकिएको छ । उनीहरुले सुनुवाईमा आफ्नो राय व्यक्त गर्नु भएका छन् ।

सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा‍. आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गर्नुभएको छ ।

दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

दुई न्यायाधीश इजलासमा बस्न तयार भए इजलास विषयवस्तुमा प्रवेश गर्नेछ नबस्ने राय दिएको खण्डमा भने संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मुद्दामा सुनुवाइ फेरि लम्बिने सम्भावना छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.