जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली सिङखडागाउँ बस्ने देशमाया लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक थकनी घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ थली बस्ने ४० वर्षीया साबित्री तामाङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.