जापान

तेस्रो नेपाल फेस्टिवल, जापानमा नेपाल र नेपाली चिनाउने महत्वपूर्ण अवसर

विश्वको प्रमुख आर्थिक शक्ति राष्ट्र जापानसंगको नेपालको मैत्री सम्बन्ध जति प्रगाढ छ नेपालीहरुको सो मुलुकमा भएको उपस्थितिले त्यसलाई अरु मजबुत बनाएको छ ।

जापानमा रहेका विदेशीहरुमा नेपालीको संख्या प्रमुख तीन स्थानमा आउँछ । नेपालीहरुको बाक्लो उपस्थितिसंगै त्यहाँ नेपालको आर्थिक, सामाजिक विकासका लागि विविध गतिविधिहरु भैरहेका छन् ।

यसै क्रममा नेपाली कला संस्कृति, रहनसहन र पर्यटनबारे जानकारी गराउने उद्देश्यले एनआरएनए नागोयाको आयोजनामा तेस्रो नेपाल फेष्टिवलको आयोजना भएको छ ।

नेपाली कला संस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको हो ।

फेस्टिभलमा नेपालका दुरदराजमा समेत प्रयोग हुने ढिकी, जातो लगाएत थुप्प्रै चलन चल्तीका सामानहरु लगायत सांस्कृतिक झाँकीसाहितका कार्यक्रम राखिएका छन् ।

फेष्टिबलमा पहिलो पटक जापानीज प्रोफेसनल महिलाहरुले नेपाली गीत संगीतमा नृत्य गरेका थिए। फेटिबलको साँस्कृतिक कार्यक्रमको जिम्मा आदिवासी जनजाति महासंघले लिएको छ।

आदिवासी जनजाति महासंघ फेस्टिवलको मुख्य सह–आयोजक रहेको छ भने नागोयामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरू फेष्टिवलमा सह–आयोजकको रुपमा रहेका छन् ।

जेठ २६ गते शनिबार फेस्टिभल शुरु हुन अघि विभिन्न भेषभूषामा सजिएका टोलीहरुले झाँकी सहित जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गगरी औपचारिक समुदघाटन भएको थियो ।

फेस्टिवलमा आइची प्रिफेक्चर गभर्नर ,नागोया सिटीका मेयर ,नेपाली राजदुतावास जापानका महामहिम राजदूत दुर्गाबहादुर सुवेदीलगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा जापान र जापान बाहिरबाट एनआरएनए अभियन्ताहरुको उपस्थिति थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.