जन सरोकार
आज आँबुखैरेनी–मुग्लिन सडक चार घण्टा बन्द हुने
पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आइतबार बिहान १० देखि दिउँसो १ बजेसम्म चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।
![Abukhairani-Muglin](https://www.nepaljapan.com/wp-content/uploads/2024/06/Abukhairani-Muglin.jpg)
आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले सडक बन्द हुने भएको जिल्ला सडक डिभिजन कार्यालयले जनाएको हो ।
हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताउनुभयो ।
पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्