जल/वातावरण

बुधबार थपिए दुई सय ७९ संक्रमित : कुल संख्या चार हजार तीन सय ६४

बुधबार नेपालमा थप २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । विगत २४ घण्टामा विभिन्न जिल्लामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको हो र योसंगै कुल संक्रमित ४ हजार ३ सय ६४ पुगेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।

यसै गरी बुधबारस्म्म आइसोलेसनमा तीन हजार ६७५, क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ रहेका छन् । आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एक लाख १० हजार ७४४ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.