जन सरोकार
मृत अवस्थामा तीन जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । धादिङ, थाक्रे गाउँपालिका-२ हुलाकडाँडास्थित सडक किनारमा सोही ठाउँ बस्ने ४५ वर्षीय बसन्त राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै गोरखा, गण्डकी गाउँपालिका-६ दर्बुङस्थित त्रिशुली नदीको किनारमा सोही गाउँपालिका-३ फुजेल बस्ने ७५ वर्षीय गणेश बहादुर श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै गुल्मी, धुर्कोट गाउँपालिका-७ ढाडे कालिमाटी भन्ने स्थानस्थित भिरमा सोही गाउँपालिका-७ भुजुङ्गे बस्ने ५३ वर्षीय पोम बहादुर विक शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्