जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहट र जुम्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रौतहट, गरूडा नगरपालिका-५ महमदपुरस्थित सडकमा प्र.०२-०३-००१ स २९४९ नम्बरको अटो र बीआर ०५ एजेड २००८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै जुम्ला, पातारासी गाउँपालिका-५ तली लोर्पास्थित सडकमा क.१ प २०७७ नम्बरको मोटरसाइकल सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय मिन बहादुर बुढाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.