राजनीति

महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल गठनको तयारी भइरहेको छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी प्रकृतिको महिला राष्ट्रिय स्वयम्सेवक सञ्जाल गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

अध्यक्ष ओली

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेलाः धन्यवाद तथा सम्मान कार्यक्रम’ मा आइतबार उहाँले महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल बनाउने तयारी भइरहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले भेलाले महिला सशक्तिकरण र सामाजिकीकरणको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । समाजका हरेक क्षेत्रमा महिलाले खरोरूपमा जस्तोसुकै काम गर्नसक्ने र त्यसमा भेलाले आत्मविश्वास भर्ने काम गरेको उहाँको भनाइ थियो ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले महिला भेलाले संवैधानिकरूपमा महिलाका अधिकारलाई थप बढाउँदै लैजानुपर्ने सुझाव दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.