क्रिकेटखेल

सन्दीपले वेस्ट इन्डिजमा खेलिने विश्वकप टी-२० का खेलहरू खेल्ने

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरू खेल्ने भएका छन् । नेपालले समूह चरणअन्तर्गत अमेरिकामा दुईवटा र वेस्टइन्डिजमा दुईवटा खेल खेल्दै छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । नेपालले वेस्ट इन्डिजमा बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने छ । उक्त दुई खेलका लागि सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन् ।

क्यानको विज्ञप्तिमा भनिएको छ, ‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो ।’

क्यानले विज्ञप्तिमा पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसीसामु पेश गरेको समेत जनाएको छ । सन्दीपको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।

त्यस्तै क्यानले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको समेत जनाएकाे छ ।

‘अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागि, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स-साना भएपनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौं। नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं’ क्यानले विज्ञप्तिमा भनेकाे छ ।

विश्वकप खेल्न अमेरिकामा जानको लागि सन्दीप र क्यानले सबै तयारी थालेको अमेरिकी दूतावासले सन्दीपलाई दुई पटक अन्तर्वार्तामा बोलाएपनि भिसा दिएको थिएन ।

क्यानको विज्ञप्ति

क्यानको विज्ञप्ति

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.