राजनीति

नेपाल-भारतबीच भएका सम्झौताहरूको कार्यान्वयन बारेमा छलफल

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशङ्करबीच विगतमा दुई देशबीच भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयन बारेमा समेत छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।

भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

आइतबार साँझ प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहाल शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

उहाँका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आजै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.