जन सरोकार

मृत अवस्थामा सात जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । महोत्तरी, सम्सी गाउँपालिका-२ बस्ने ५० वर्षीय शेख साकिर सोही गाउँपालिका-२ पर्सा बजारस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै चितवन, भरतपुर महानगरपालिका-२३ खड्गौली बस्ने ५० वर्षीया बुधनी दराई सोही ठाउँस्थित केरूङ्गा खोला नजिकै आइतबार मृत अवस्थामा फेला पारेकी छिन् । माछा मार्न भनी गएकी उनी घर फर्की नआएपश्‍चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२१ रंगिला बस्ती बस्ने २६ वर्षीय सुवास नेपाली सोही ठाउँस्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै गुल्मी, मालिका गाउँपालिका-७ तिजुबोट घमिर बस्ने ४९ वर्षीया देबकला लम्साल आफ्नै बङ्गालोमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । उता सुर्खेत, सिम्ता गाउँपालिका-६ कालटारस्थित बगरमा सोही ठाउँ बस्ने ५० वर्षीय गोरू पुन आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता सर्लाही, हरिपुर नगरपालिका-५ असनवा टोलस्थित खेतमा सोही नगरपालिका-५ मजुर्वा बस्ने ३९ वर्षीय नेक महम्द अन्सारी आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ शंकर आचार्य गेट नजिकै खुल्ला चौरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.