जन सरोकार

पुष्पा र सरस्वतीको कोठाको ताला फोडेर विभिन्न धनमाल चोरी

काठमाडौँका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं, टोखा नगरपालिका-५ श्रीटोल डेरा गरी बस्ने स्याङजा घर भएकी पुष्पा भण्डारी उपाध्यायको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताला फोडेर नगद, सुनका विभिन्न गरगहना, ल्यापटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ खरिबोट डेरा गरी बस्ने सरस्वती तामाङको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.