जापान

जापानको खाना व्यवसायमा नेपालीको सान

नेपालीहरुको प्रभावशाली उपस्थिति रहेको जापानमा नेपाली रेष्टुरेन्ट व्यवसाय निकै फस्टाउँदै गएको छ । विगतमा इण्डियन रेष्टुरेन्टहरुको बाहुल्य रहे पनि आजभोलि नेपाली रेष्टुरेन्टले बजार जमाएका छन् ।

नेपालीको जनघनत्व बढी भएको टोकियो, खानागावा, चिवा, नागोया, फुकुवाका लगायत शहरमा नेपाली रेस्टुरेन्ट भेट्न कुनै कठिनाइ छैन । हाल जापानका विभिन्न शहरहरुमा गरी पाँच हजार बढी नेपाली रेष्टुरेन्ट रहेको बताइन्छ ।

पछिल्लो डेढ दशकमा नेपालीहरुको रेष्टुरेन्ट खुल्ने क्रम बढेको हो । सन् २००८ सम्म जापानमा नेपाली परिकारको स्वाद लिन मन लागे इन्डियन रेस्टुरेन्ट जानुपर्ने बाध्यता रहेकामा अहिले अवस्था त्यसको विपरीत छ ।

गत वर्ष जापानको खानसाई विश्वविद्यालयका एक प्रोफेसरले नेपाली रेस्टुरेन्ट सम्बन्धी गरेको अनुसन्धानलाई हेर्ने हो भने जापानभर ५ हजार ७०० नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् । यतिसम्म कि राजधानी टोकियोको केन्द्रबिन्दु मानिने शिन्जुकुसँगै जोडिएको शिनओकुबो र ओकुबोमा मात्रै १ सय ३० बढी रेस्टुरेन्ट सञ्चालनमा छन् ।

शिनओकुबो र ओकुबो क्षेत्रका गल्लीहरूमा जताततै नेपाली झण्डा फर्फराएको देख्न सकिन्छ । सन् २००८ सम्म शिन्जुकु, शिनओकुबो लगायत क्षेत्रमा भारतका व्यापारिक घरानाले सञ्चालनमा ल्याएका महाराजा, राज प्यालेस, ग्रेट इन्डिया लगायत रेस्टुरेन्टहरूको हालीमुहाली थियो ।

विगतमा ठूलो मात्रामा कारोबार गर्दै आएका यी रेस्टुरेन्ट अहिले बन्द भइसकेका छन् । नेपाली रेस्टुरेन्टले बजार कब्जा गरेपछि इन्डियन रेस्टुरेन्ट पाखा लाग्दै गएका हुन् ।

यसको प्रमुख कारण नेपालीमा सस्तोमा खान पाइनु पनि हो । अहिले जापानमा इन्डियन रेस्टुरेन्ट संख्यात्मक रूपमा कम छन् । भएकाहरू पनि ठूला मल र सुपरमार्केटमा सीमित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.