जन सरोकार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा, कन्काई नगरपालिका-५ घर भएका ४० वर्षीय बिष्णु कुमार (पाचकोटी) दर्जीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०८० चैत १४ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद, १६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ६४ हजार रूपैयाँ क्षतिपूर्ती जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.