क्रिकेटखेल

आईसीसी विश्वकप लिग–२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत चौथों चरणको आफ्नो चौथों तथा अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल स्कटल्याण्डको फोर्थहिल ब्राउटी फेरी, डुन्डीमा नेपाली समय अनुसार दिउँसो ३ :४५ मा सुरु हुने छ ।

सिरिजमा स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सको सहभागिता रहेको छ । जारी शृंखलामा नेपालले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दा स्कटल्याण्डसंगको दोस्रो खेलमा दुई रनले पराजित भएको थियो । नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गर्ने योजनाका साथ मैदान उत्रदै छ भने यता नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेको छ । हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच ओडिआईमा भएका छ खेलमध्ये तीन खेलमा नेदरल्यान्ड्स र तीन खलमा नेपाल विजयी भएका छन् ।

नेदरल्यान्ड्स २२ खेलबाट २६ अङ्क बनाएर दोस्रो स्थानमा रहँदा १५ खेल खेलेको नेपाल १० अङ्कका साथ तालिकाको सातौं स्थानमा रहेको छ । नेपालले स्कटल्याण्ड आउनुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेल्दै अपराजित रहेको थियो भने स्कटल्याण्ड आएर ए टोलीसँग पनि अभ्यास खेलेको थियो । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

त्यस्तै नेपालले लिग-२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.