क्रिकेटखेल

नेपालले टस हारेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै, नन्दन यादवको डेब्यू

आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो चौथों खेलमा नेपालले पहिला ब्याटिङ गर्नेछ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसंगै नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुल्शनकुमार झा आजको खेलमा नहुँदा उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ । नन्दनका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा यो डेब्यू खेल हुनेछ । त्यस्तै ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई मौका दिइएको छ ।

त्रिकोणात्मक एक दिवसीय जारी शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ । जारी शृंखलामा नेपालले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दा स्कटल्याण्डसंगको दोस्रो खेलमा दुई रनले पराजित भएको थियो । नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गर्ने योजनाका साथ मैदान उत्रदै छ भने यता नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेको छ । हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच ओडिआईमा भएका छ खेलमध्ये तीन खेलमा नेदरल्यान्ड्स र तीन खलमा नेपाल विजयी भएका छन् ।

नेदरल्यान्ड्स २२ खेलबाट २६ अङ्क बनाएर दोस्रो स्थानमा रहँदा १५ खेल खेलेको नेपाल १० अङ्कका साथ तालिकाको सातौं स्थानमा रहेको छ । नेपालले स्कटल्याण्ड आउनुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेल्दै अपराजित रहेको थियो भने स्कटल्याण्ड आएर ए टोलीसँग पनि अभ्यास खेलेको थियो । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

त्यस्तै नेपालले लिग-२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ ।

नेपाली टोली
रोहितकुमार पौडेलको (कप्तान),अनिल साह, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी

सोमपाल र गुल्शन घाइते, आजको खेल तथा टी ट्वान्टी आई सिरिज गुमाउने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.