स्वास्थ्य

सरकारले खोप नदिएपछि कामपामा दुई दिनअघि नै रोकियो खोप अभियान

काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ । स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट आज (शुक्रबार)देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको बताउनुभयो ।

तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.