जापान

आचार्यको परिवारलाई कास्की पोखरा समाजको सहयोग हस्तान्तरण

गत मे महिनामा जापानमा समुद्रमा दुर्घटनामा परेका प्रेम नारायण आचार्यका पारिवारलाई कास्की पोखरा समाज जापानले आन्तरिकरूपमा उठाएको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

कास्की पोखरा समाजको सहयोग

कास्की पोखरा समाज जापानले जापानमा रहेका कस्केली र कास्कीलाई माया गर्नेहरुलाई आर्थिक सहयोगका लागी अनुरोध गरेको थियो ।

जून २ तारिक कास्की पोखरा समाज जापानका उपाध्यक्ष कमल बस्तोलाले आचार्यको घर पोखरा पुगी सोही वडाका वडाध्यक्षको रोहबरमा जापानी येन २० मान, (नेपाली रुपैया एक लाख अठसट्ठी हज़ार चार सय ) हस्तान्तरण गरेको समाजका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिए । कास्की पोखरा समाजले जापानमा विभिन्न दुर्घटनाका कारण निधन भएकाहरुलाई आर्थिक सहयोग गर्ने गरेको उनले बताए ।

उक्त कार्यमा सहयोग गर्ने गैरआवासीय नेपाली संघ जापान लगायत अन्य संस्थाहरुलाई पनि धन्यवाद दिएको उनको भनाई छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.