राजनीति

गृहमन्त्रीलाई शाहीको प्रश्न- जिबी राई कहिले पक्राउ पर्छन्, गिरिबन्धुको फाइल कहिले खुल्छ ?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रविलामिछानेलाई मन्त्री हुनुअघिका बाचा कहिले पूरा हुन्छ भन्दै एकपछि अर्को प्रश्न गर्नुभएको छ ।

सांसद शाही

बैठकमा आकस्मिक समय लिएर शाहीले भ्रष्टाचारका फाइल खुल्छन् कि भनेर आफूहरु संसदमा हेरिरहेको बताउँदै ‘गिरीबन्धु टि स्टेटको फाइल कहिले खोलिन्छ ? जिबी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गर्नुभएको छ ।

गृहमन्त्री हुनु अगाडि रवि लामिछानेले जिबी राईलाई आकासमा, पातालमा भए पनि खोजेर ल्याउँछु भनेको स्मरण गर्दै राईलाई कहिले ल्याउनुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।

त्यसै गरी शाहीले गृहमन्त्री लामिछानेले भ्रष्टाचारका ठूला फाइल खुल्ने बाचा गरेको स्मरण गराउँदै मेलम्ची, वाइडबडी, फोरजीको फाइल कहिले खुल्छ भन्द प्रश्न उठाउनुभएको छ ।

त्यसै गरी शाहीले पहिलोपटक गृहमन्त्री हुँदा निर्मला पन्तलाई न्याय दिने निर्णय गरेको स्मरण गराउँदै धेरै गृहमन्त्री फेरिएको तर, निर्मला पन्तको हत्यारा कारबाहीको दायरामा आउन नसकेको भन्दै निर्मलाको हत्यारालाई सजाय कहिले हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.