जन सरोकार

मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । बारा, कलैया उपमहागनरपालिका-५ घुसुकपुर बस्ने ६० वर्षीय बिनोद थापा सोही ठाउँस्थित बाटो छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै उदयपुर, ताप्ली गाउँपालिका-५ दियाथुम्की बस्ने ४८ वर्षीय उजीर बहादुर खड्का सोही ठाउँस्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै पर्सा, वीरगंज महानगरपालिका-११ रामजानकी मन्दिर नजिक रहेको सरैसवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उता धादिङ, थाक्रे गाउँपालिका-२ महादेववेशीस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.