जल/वातावरण

एकैदिन चार सय ४८ जनामा संक्रमण : थप एकजनाको मृत्यु, संक्रमितको संख्या पाँच हजार नाघ्यो

शुक्रबार नेपालमा अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार विभिन्न जिल्लामा भेटिएका चार सय ४८ जनासंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार एकैदिन थप ४ सय ४८ जनामा कोरोना पुष्टि भएको हो । थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ ।

त्यसै गरी शुक्रबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका अनुसार केही दिन अघि अर्घाखाँचीको एक क्वारेन्टाइनमा रहेका ५७ वर्षीया पुरुषको अस्पतालबाट उपचारपछि घर फर्किदै गर्दा मृत्यु भएको थियो । उनको स्वाब परीक्षण पोजेटिभ आएकाले नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

कोरोना पुष्टि भएकाहरु मोरङ्ग , झापा , चितवन , धादिङ्ग , सप्तरी , उदयपुर, सप्तरी, सिरिहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, सुर्खेत, दैलेख, नवलपरासीका छन ।

त्यसै गरी इलाम , झापा , सुनसरी , पर्बत, स्याङजा, नवलपरासी पूर्व, तनहुँ, बर्दिया, बाँके, कपिलबस्तु, दाङ, अर्घाखाची, गुल्मी, पाल्पा, प्युठान, नवलपरासी पश्चिम, नुवाकोट, काठमाडौंका छन् ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

शुक्रबार कोरोनालाई जितेर १६ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनालाई जितेर ८७७ जना घर फर्किएको प्रबक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.