स्वास्थ्य

६१ जनाको मृत्यु, तीन हजार संक्रमित, दोब्बर बढी संक्रमणमुक्त

कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेका

नेपालमा कोरोना संक्रमित हुनेको संख्या घटिरहेको छ भने संक्रमण मुक्त हुनेको संख्या दैनिक बढिरहेको छ । त्यस्तै मृत्यु हुनेको संख्यामा पनि ठूलो कमी आएको छ ।

गत चौबीस घण्टामा ३ हजार ३ सय ८४ कोरोना भाइरसका सङ्क्रमितहरू थपिएका छन्सो भने सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या ६१ र संक्रमण मुक्त हुनेको संख्या ६ हजार २ सय ९५ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो अवधिमा नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २२ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ हजारभन्दा केही बढी छ । त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८ हजार तीन सय नाघेको छ ।

तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४ सय ९४ जनाको परीक्षण गरिएका मध्ये ८ हजार ५ सय ६ जनाको पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । त्यस्तै नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ ।

पछिल्लो विवरण अनुसार हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या १ हजार १ सय ८९ रहेको छ भने भेन्टिलेटरमा ३ सय ६६ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.