आइतबार चार सय २५ जनामा संक्रमण पुष्टि : कुल संख्या ५७६०, थप एकको मृत्यु
नेपालमा ७३ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ भने कुल संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार आइतबार थप ४ सय २५ जनामा संक्रमण पष्टि भएपछि यो संख्या पुगेको हो ।
आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार ७३ वटा जिल्लामा भाइरस फैलिएको छ । पछिल्लो समय पूर्वी रुकुममा पनि भाइरसको संक्रमण देखिएकाले नेपालमा ७३ वटा जिल्लामा भाइरस फैलिएको हो ।
यसै गरी आइतबार ६ जना डिस्चार्ज भएका छन् । हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् भने थप एकजना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
उहाँ भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बस्नुभएको थियो । उहाँको मृत्युसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।