जापान

शिन-ओकुबोमा हिमालयन मार्सी संचालनमा

नेपाली राजनीतिमा केहि समय पहिले तरंग उत्पन्न गराएको मार्सी चामल अहिले संसारभरका नेपाली बिच लोकप्रिय बनेको छ । त्यही चर्चित ब्राण्ड बनेको चामलको बिशेष खाना खुवाउने गरि नेपाली समुदायको हब मानिने शिन-ओकुबोमा नयाँ रेस्टुरेन्ट हिमालयन मार्सी संचालनमा आएको छ ।

ओकुबो स्टेसन बाट एक मिनेटको दुरीमा रहेको उक्त रेस्टुरेन्ट कोरोना कहरकै बिचमा खोलिएको संचालक कल्याण घिमिरेले बताए । सम्पूर्ण नेपाली परिकारका साथमा नेपाली बीच लोकप्रिय बनेको मार्सीको खानाको ब्राण्ड नौलो भएको उनले बताए ।

हामीले नेपाली ब्राण्डको मार्सीको खाना जापानिज र नेपाली र सबै लाइ सेवा दिने उदेश्यले त्यहि अनुसारको सेट डिजाइन गरि हाल अनौपचारिक रुपमा खोलिएको भए पनि जापानिज ग्राहक आउने क्रम बढेको घिमिरेले बताए ।

शिन्जुकु सिटि अन्तर्गत रहेको यो क्षेत्र वरपर मात्र करिब पच्चीस हजार नेपाली रहेको अनुमान छ । अझ चाख लाग्दो बिषय त यो छ कि शिन्जुकु सिटिको वरिपरी नेपाली ग्राहक लाइ लक्षित गरि खोलिएका रेस्टुरेन्ट मात्र करिब बयालीस भन्दा धेरै रहेका छन भने सोहि मात्रामा अन्य नेपाली कै सेवा सम्बन्धित अफिस रहेका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.