जल/वातावरण

पर्सामा एम्बुलेन्स चालक र पाँच स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पर्सामा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । समाचार अनुसार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकालाई अस्पतालसम्म पुर्याउने, क्वारेन्टाइनसम्म स्वाब सङ्कलन गर्न जाने स्वास्थ्यकर्मी ओसार्ने एम्बुलेन्सका चालक जिल्लाको पोखरिया नगरपालिकामा रहेको क्वारेन्टाइनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना रहेको पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिका वडा नं. १ का ३५ वर्षीय एम्बुलेन्सका चालकको आइतबार वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएको हो । त्यस्तै २५ वर्षीय एक हेल्थ असिस्टेन्ट, ४५, ३० र ३४ वर्षीय तीन जना अहेब, ३२ वर्षीय एक जना अनमी गरी पाँच जना स्वास्थ्यकर्मीलाई आइतबार वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पर्साको वैरियाविर्ता, सिवर्वा, सिर्सिया लम्हरियालगायत स्वास्थ्यचौकीमा कार्यरत ती सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीहरूले क्वारेन्टाइनमा डयुटी गर्ने पालो नपरेको दिन स्वास्थ्यचौकीमा गएर बिरामी जाँच गरेकाले सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ ।

सङ्क्रमण पुष्टि भएकी वीरगञ्जमा घर भएकी ३२ वर्षीय अनमिको साथमा चार वर्षको छोरा छन् भने उहाँका पति कविराज हुनुहुन्छ ।

पोखरियाको स्कूलमा रहेको क्वारेन्टाइनमा रहेका पाँचजना भारतबाट आएका शङ्कास्पद सङ्क्रमित र पाँच जना स्वास्थ्यकर्मी, एक एम्बुलेन्स चालकसहित १० जना, बिन्दवासिनी गाउँपालिकाको झौवा क्वारेन्टाइनमा रहेका दुई जना, जिराभवानी र धोबिनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एकरएक जना, पर्सागढी नगरपालिकाका एक जना र पर्टेर्वा सुगौली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जना गरी १७ जनामा आइतबार सङ्क्रमण पुष्टि भएको हो ।

तीन जना महिला र १४ जना पुरुष गरी १७ जना नयाँ थपिएका सङ्क्रमितहरूमा अधिकांश भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताउनुभयो ।

नयाँ पुष्टि भएका सबै सङ्क्रमितलाई वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा ल्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । आइतबार १७ जना नयाँ सङ्क्रमित थपिएसँगै पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या १४३ पुगेको छ । पर्सा जिल्लामा हालसम्म पाँच हजार १३ जनाको स्वाब सङ्कलन गरिएको र त्यसमध्ये ३४६ स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.