जापान

गर्मीमा भाइरस संक्रमण नहुने भ्रममा नपर्न आव्हान गर्दै प्रधानमन्त्री आबेद्वारा संक्रमणको दोस्रो लहरको चेतावनी

कोराना भाइरस संक्रमणमा आएको न्यूनतासंगै लगाइएको संकटकाल हटाइएको जापानमा कोरोना भाइरस संक्रमणको दोस्रोा लहर सुरु हुनसक्ने चेतावनी दिइएको छ । प्रधानमन्त्री शिन्जो आबेले आइतबार राति एक प्रत्यक्ष प्रसारित कार्यक्रममा आम जनतालाई गर्मीयाम सुरु भएपछि भाइरस कमजोर हुने आश नगर्न भन्दै त्यस्तो चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री आबेले गर्मी सुरु भएका पश्चिम एसियाका देशहरुमा भाइरस फैलिइरहेको तर्फ सचेत पार्दै आगामी महिनादेखि सुरु हुने गर्मीयाममा भाइरस संक्रमण नहुने भन्दै असावधान नहुन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यसेवा मजबुत बनाउन र भाइसर परीक्षणको दायरा बढाएर दोस्रो लहरका लागि तयार रहने आवश्यकतामा जोड दिनुभयो ।

आन्तरिक संकटकाल हटाइए पनि यात्रा प्रतिबन्ध कायमै रहेको र भाइरस प्रतिरोधी उपाय अपनाएर अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटाइदै जाने पनि जानकारी दिनुभयो । उहाँले सरकार अलग अलग देशमा भैरहेको संक्रमणको स्थितिलाई ध्यानमा राखेर प्रतिबन्ध खोल्ने विषयमा सचेततापूर्वक विचार गरिरहेको छ ।

यसै गरी प्रधानमन्त्री आबेले जापानमा कोरोना भाइरसबिरुद्धको खोपको अनुसन्धान चलिरहेको जानकारी दिंदै अमेरिका र बेलायतमा पनि यसको विकास प्रयास भैरहेको जनाउँदै खोपको अनुसन्धान समाप्त हुनासाथ यसको आपूर्ति युद्धस्तरमा गर्न जापानले खोप निर्माता कम्पनीहरुसंग छलफल गरिरहेको पनि जानकारी दिनुभयो ।

यसैबीच टोकियामा आइतबार ४७ जना कोरोना संक्रमित भेटिएका छन् । वितेको ६ हप्तामा एकैदिन ४० जनाभन्दा बढी संक्रमित भेटिएको यो पहिलोपटक हो । संक्रमितहरुमध्ये ३२ जना रात्रिकालिन मनोरञ्जनस्थल (बार तथा नाइट क्लब)का रहेका छन् ।

रात्रिकालीन मनोरञ्जनस्थलमा संक्रमित भेटिएपछि ती क्षेत्रमा निगरानी बनाउने आवश्यकतामा जोड दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.