जन सरोकार

डिएनए परीक्षण गर्नेसहित पाँचबुँदे सहमतिपछि तोडियो निहारिकाको अनशन

गत जेठ २७ गतेदेखि न्याय माग्दै आमरण अनसनमा बस्नुभएकी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँचबुदे सहमति भएको छ ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिहरुसंग सहमति भएपछि उहाँले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोड्नुभएको छ ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने सहमति भएको छ ।

यसै गरी अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गर्नु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.