जल/वातावरण

देशभर छ सय ७१ जनामा संक्रमण : काठमाडौं उपत्यकामा भेटिए थप छजना

सरकारले लकडाउन खुकुलो पारेर आवत जावत तथा पसलहरु खुला गर्ने निर्णय गरेसंगै देशभर कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढेको बढ्यै छ । बिहिबार देशभर छ सय ७१ जना संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बिहिबार नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएका हुन् ।

राजधानी उपत्यकामा भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ८६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.