स्वास्थ्य

कोभिसिल्ड लगाएका १३ लाख ६४ हजारलाई दोस्रो मात्राको तयारी

पहिलो मात्रा लगाएको एक महिनादेखि ६ महिनासम्म दोस्रो मात्रा लिनु प्रभावकारी बुस्टर मात्रा हुनसक्ने

कोरोना भाइरस बिरुद्ध भारतले बनाएको कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका साँढे १३ लाखभन्दा बढीलाई केही समयभित्रै खोप दिने तयारी भैरहेको सरकारी अधिकारीहरुको दावी रहेको छ ।

सरकारले दुई साताभित्रै कोभाक्स सुविधाअन्तर्गत कोभिसिल्डको फर्मुला रहेको अस्ट्राजेनेका खोप ल्याउने गरी तयारी भइरहेको छ । अस्ट्राजेनेका खोप बेलायत, कोरिया, डेनमार्क लगायत मुलुकमा उत्पादन भैरहेको र कुन मुलुकले कति दिन्छन् त्यसपछि खोपको मात्रा निर्धारण गरिनेछ । उक्त खोप आइपुगे कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका १३ लाख ६४ हजार ७ सय १ ज्येष्ठ नागरिकलाई लगाइने सरकारी तयारी छ ।

स्वास्थ्य मन्त्रालयले कोभाक्स अन्तर्गत गत मे महिनामै १९ लाख २० हजार मात्रा खोप पाउनुपर्ने भए पनि विश्वमै देखिएको अभावले गर्दा उक्त समयसीमा टरेको भए पनि जुन अन्तिमसम्म कोभाक्स सुविधाको खोप पाउने जानकारी आएको जनाएको छ । विभिन्न मुलुकमा उत्पादित खोप कति मात्रामा पाउने हो भन्ने जानकारी भने जुन अन्तसम्म आउने बताइएको छ ।

स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार कुन कम्पनीद्वारा उत्पादित, कति मात्रा खोप पाउने भनेर जानकारी आएपछि त्यसकै आधारमा हामी उक्त कम्पनीबाट खोप ल्याइनेछ ।

यसबीचमा कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो मात्राा लगाउन ढिला भसकेको बताउने गरिए पनि खोप लगाएको १६ सातापछि खोप पाए पनि यसले फाइदा नै गर्ने दाबी सरकारी अधिकारीहरूको छ ।

डा. पोखरेलका अनुसार दोस्रो मात्रा लगाउने बेलासम्म १६ साता नाघे पनि महामारीको अवस्थामा यो बुस्टर मात्राले धेरै फाइदा नै गर्छ । विभिन्न अध्ययनले पहिलो मात्रा लगाएको एक महिनादेखि ६ महिनासम्म दोस्रो मात्रा लिनु प्रभावकारी बुस्टर मात्रा हुन सक्ने औंल्याएको उहाँले बताउनुभएको छ ।

प्रस्तावित समयभित्रै खोपको दोस्रो मात्रा लगाउँदा शरीरमा उत्पन्न भएको प्रतिरोधी क्षमता कम हुन नपाउने कोभिड भ्याक्सिन एक्सपर्ट एड्भाइजरी कमिटीका कोअर्डिनेटर डा. श्यामराज उप्रेती बताउनुहुन्छ । तर दोस्रो मात्रा लगाउन ढिलो गर्दा खोपको प्रभावकारिता विस्तारै कम हुँदै जाने हुँदा यो समय जोखिम बढ्न भने सक्छ ।

अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाममा उत्पादन गर्ने गरेको छ । कोभाक्सअन्तर्गत ३ लाख ४८ हजार मात्रा, भारतीय अनुदान ११ लाख र खरिदबाट १० लाख गरी २४ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप नेपालमा भित्रिइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.