जल/वातावरण

कोरोना संक्रमितको उपचारमा संलग्न २ डाक्टरसहित पाँचलाई संक्रमणको पुष्टि

जिल्ला अस्पताल पर्वतमा कोरोेना संक्रमितहरुको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । सो अस्पतालमा अहिले ३० जना कोरोना संक्रमित उपचाररत छन् ।

कोरोना अस्पतालमा ७ दिन काम गरेपछि उनीहरू क्वारेन्टिनमा बसेका थिए । राष्ट्रिय प्रयोगशाला टेकुमा स्वाब चार दिनअघि पठाइएको स्वाब परीक्षणको रिपोर्ट शुक्रबार बिहानै पोजेटिभ नतिजा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिशिर देवकोटाले बताउनुभएको छ ।

कोरोना पुष्टि हुनेमा २ जना डाक्टर, १ जना ल्याब टेक्निसियन, १ जना नर्स र १ जना कार्यालय सहयोगी रहेको र उनीहरूलाई अस्पतालकै आइसोलेसनमा राख्ने तयारी भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.