जल/वातावरण

रोङ्सी खोलाको पहिरो हटाइँदै, तामाकोशीमा वहाव बढ्ने

तामाकोशीमा मिसिने रोङ्सी खोला पहिरोले थुनेपछि त्यसलाई हटाउन चिनियाँ टोली परिचालन भएसंगै नदीको वहाव बढ्ने भएकाले दोलखा क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ ।

दोलखाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीका अनुसार शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा वर्षा भएपछि रोङ्सी खोला पहिरोले थुनिएको थियो ।

सो खोलामा आएको पहिरो हटाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको र चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ । रोङ्सी खोला तामाकोशी नदीमा आएर मिसिने गर्छ ।

प्रवक्ता तिवारीले पहिरो हटेपछि पानीको बहाव बढ्ने भएपछि केही ठाउँमा क्षति हुनसक्ने अनुमान गरिएको छ । त्यसैले स्थानीयलाई सचेत हुन अपिल गरेको बताउनुएको छ ।

पहिरोले थुनिएर धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको बताएको छ । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो । उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.