विश्व समाचार

इटालीमा कोरोना कहर : युवायुवती आफ्नो विवाहलाई एकवर्ष पछि सार्दै

कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गर्नुभएको छ ।

इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेकोे कपुसिओनीले बताउनुभयो । “हामी विवाह गर्न उत्साहित छौं तर महामारीका कारण साथीहरु र परिवारका सदस्यहरुको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियोे,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भन्नुभयो । हुनत यसका पछाडि धेरै कुरा छन् ।

कासिमिरी, ३३–वर्षीय, यस कुरामा सहमति नजनाउने कुरै भएन सँगै जीवन जीउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो । “हामीले आशावादी बन्दै महामारी अन्त्यका लागि पर्खियो तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छैन,” उहाँले भन्नुभयो ।

मध्य इटालियाली फ्लोरेन्सको ठीक बाहिर, भाल डी आर्नोमा बसोबास गर्ने कपुसियुनी र कासिमिरीको निर्णय सम्पूर्ण इटलीभरि दोहोरिएको छ र यो बुझ्न सकिने छ । विवाहमा ढिलाई हुने कुनै वास्तविक राष्ट्रिय तथ्याङ््कहरू छैनन् तर सबै युवाहरूले केही ढिलो गर्ने निधो गरेका छन् । विवाहलाई ढिलो गर्नुमा एउटा त महामारीका कारण जमघटमा हुने समस्या हो भने अर्को स्वास्थ्य सङ्कटका कारण इटालीमा मृत्यु भएका मानिसहरूका कारण इटलीभर शोकमग्न समुदायको रमाइला गतिविधिमा औधि मोह देखिइसकेको छैन । विस्तारै सामान्य जीवनतिर फर्किने अभ्यास इटलीबासीहरूले गरेका छन् ।

हाल सम्म, नियमहरूले इटालियाली क्षेत्रबीच वा इटाली बाहिरबाट निषेधित यात्रालाई अहिले पनि निषेधित गरेको छ । विवाहमा पाहुनाहरूले मास्क लगाउनुपर्दछ र कम्तिमा दुई मिटर एक अर्काबाट टाढा हुनुपर्दछ । खाना बफेहरू, इटालियन विवाहको मुख्य आधार हो ।

तर यो प्रवृत्तिले क्याटरिङ, रेस्टुरेन्ट, फूल विक्रेता तथा अन्य व्यवसायहरू जसले वार्षिक १० अर्ब यूरो अर्थात् ११ अर्ब अमेरिकी डलर कर राज्यलाई तिर्ने गर्थे एउटा सङ्कटमा पर्ने देखिएको छ ।

“कोरोनाभाइरससम्बन्धी केही प्रतिबन्धहरू हटाइए पनि हप्तौं बितेको तालाबन्दी र प्रकोपबाट आएको सबै समाचारले मनोवैज्ञानिक छाप छोडेको इटालीको सेवा उद्योगको व्यवस्थापन निगरानी गर्ने संस्था प्रोन्टोप्रोका निर्देशक एलिस फिगारोलीले सिन्ह्वासँग भन्नुभयो, “धेरै जोडीहरूले यस्तो चुनौतीपूर्ण अवधिमा आफ्नो जीवनको सबभन्दा खुसीको दिन के हुनुपर्दछ भनेर योजना गर्न कठिन छ ।”

सरकारले आफ्नो सुधार योजनामा विवाहका लागि केही प्रोत्साहन समावेश गरेको छ । सबैभन्दा ठूलो विवाह समारोहको २५ हजार यूरो अर्थात् एक त्रैमासिकको कर खर्च कर्जा उपलब्ध गराउँनेछ , जुन प्रोत्साहन जनवरी १, २०२१ पछि विवाह गर्ने दम्पतीलाई दिनेछ । सरकारले आर्थिक सङ्कटका समय फजुल खर्च जोगाउनका लागि पनि विवाहका कार्यक्रमलाई पछि सार्न प्रोत्साहित गरेको देखिन्छ । कर छुटका कारण धेरै जोडीले ढिलो विवाह गर्न तयार भएका तर्क पनि इटलीमा राखिने गरिएको छ ।

मिलानका इल्लारिया मेस्सा र मटिया बिफ्फीले भने सेप्टेम्बरमा हुने विवाहलाई ढिलाइ गर्ने निर्णयमा कर प्रोत्साहनले कुनै भूमिका नखेल्ने बताउनुभयो । उहाँहरूको शहर कोरोनाभाइरसका कारण निकै प्रभावित भएको तथ्य विवाह मिति सार्नुको मुख्य कारण हो भन्नुहुन्छ ।

“सेप्टेम्बरको समयसम्म प्रकोपको स्थितिमा अवस्था अझ राम्रो देखिन सक्छ, तर हामी विवाहको बारेमा चिन्ता लिन चाहँदैनौं,” ३६वर्षीया मेसाले अन्तर्वार्तामा भन्नुभयो । “हामी विवाहित पाहुनाहरुलाई हुने कठिन परिस्थितिमा टाढा राख्न चाहन्छौँँ ।”

“विवाहजस्तो रमाइलो कार्य यो सङ्कटका समय गरिने उचित होइन ,” ३४ वर्षीय बिफले भन्नुभयो । यो समयमा विवाह निकै नरमाइलो हुने निष्कर्षसहित आफूहरूले विवाहलाई अर्को वर्ष सार्र्ने योजना रहेको बिफले बताउनुभयो ।

उहाँले थप्नुभयो,“कल्पना गरौँ न हामीले विवाहको सम्झनाका लागि खिचिने भिडियो र तस्वीरहरूमा अनुहारमा सङ्क्रमण हुन नदिन लगाइने प्लाष्टिकका कभरहरू, मास्क, ग्लोब्सजस्ता सङ्क्रमणबाट सुरक्षाका लागि प्रयोग हुने सामग्रीहरू ।”

चालीस वर्षीया अन्ना मारिया पिरोज्जी र ३९–वर्षीया एन्टोनियो कोस्टाले भने सङ्कटको वेला भएपनि विवाहमा ढिलाई नगर्ने थोरै प्रतिशत अविवाहित युवा जोडीहरूको प्रतिनिधित्व गर्नुभएको छ । उहाँहरूले अझै पनि यस वर्ष विवाह गर्ने योजना बनाउनुभएको छ । तर विवाहलाई रोम बाहिर मात्रै गर्ने र यसमा आफूहरू सेप्टेम्बरमा विवाहको मिति कायम गर्ने निर्णयको पछाडि पारिवारिक अवस्था रहेको बताउनुभयो ।

प्रियोजीले भन्नुभयो, “हामी दस बर्ष भन्दा बढी समयदेखि सँगै छौं र हाम्रा दुई बच्चाहरू छन्, तर हाम्रा आमाबाबुले सधैं भन्नुहुन्छ कि उहाँहरू हाम्रो बिहे गरेको देख्न चाहनुहुन्छ । मेरी आमा र एन्टोनियोका बुबा दुबैको स्वास्थ्य अवस्था कमजोर छ त्यसैले हामीले निर्णय गरेको समय ठीक छ ।”

“हामी विवाहको मितिलाई उत्सव मनाउने कारणको रूपमा हेर्दैछौं । यसमा संलग्न सबै उत्साहित हुनेछन् । कठिन परिस्थितिका वावजुद पनि हाम्रो विवाहमा रमाउने छन् ।”

तर एक चिकित्साकर्मीसमेत रहेका युवा कोस्टाले कोरोनाभाइरस सङ्क्रमणको महामारीको समय ३० मा २८ दिन काम गरेको अनुभव साट्दै भन्नुभयो, “हो विवाहको योजनालाई थोरै कटौति गरेर भएपनि स्वास्थ्य समस्या केही कम भएपछि विवाह गर्नुपर्छ ।”

“हाम्रो वित्तीय स्थिति अहिले बढी कमजोर छ र त्यसैले हाम्रो योजनाहरूमा कटौति गरेका छौँ,” कोस्टाले भन्नुभयो ।

“हामी केवल परिवार र घनिष्ठ मित्रहरूलाई आमन्त्रित गर्दैछौँ । परिस्थिति पूर्ण छैन । तर म सधैं आशावादी बन्ने प्रयास गर्छु र त्यसैले मेरो विचारमा इटालियनहरूले सन् २०२० लाई कारोनाभाइरस बाहेक अन्य केही स्मरणीय घटनाको वर्ष बनाउनुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.