जल/वातावरण

नेपालमा कुल संक्रमित नौ हजार ५ सय ६१ : २४ घण्टामा थपिए ५ सय ३५

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टाको परीक्षणमा ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो जानकारी सोमबार स्वास्थ्य मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको हो । यसै गरी सोमबार थप ३ सय ७० जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुने संख्या २ हजार १ सय ४२ पुगेको छ ।

यसै गरी नेपालको ७६ जिल्लामा कोरोना संक्रमण पुगेको छ । आजसम्म संक्रमितरहित जिल्ला रसुवा मात्र रहेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ ।

अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.