जन सरोकार

पाल्पामा पहिरो : तीनजनाको मृत्यु, चार सवारी साधन बगायो

सोमबार पाल्पामा गएको पहिरोमा परी तीनजनाका मृत्यु भएको छ भने चारवटा सवारी साधन बगाएको छ । तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा पहिरो गएको हो ।

सदरमुकाम तानसेनदेखि ६ किलोमिटर टाढा अपरान्ह पहिरो खसेको हो । लगातारको वर्षाले सोमबार बिहानैदेखि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको थियो । झण्डै ७० मिटर लामो पहिरोमा रोकि राखेको ट्रक, ठूलो पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका हुन् ।

समाचार अनुसार पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको छ भने एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । शवलाई पाल्पा अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार मिसन अस्पतालमा निधन भएकाको पनि शव पाल्पा अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.